मोहन वैद्य १० दिनदेखि अस्पतालमा

मोहन वैद्य १० दिनदेखि अस्पतालमा



काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोह वैद्य अस्पताल भर्ना भएका छन् ।

जेट १५ गते नै महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका उनको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार, उनलाई दम तथा छातीरोगको संक्रमण भएको हो । उनको अस्पतालको पल्मोनोलोजी एवं क्रिटिकल केयर विभागले उपचार गरिरहेको छ ।