काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आजदेखि सञ्चालन हुने सम्भावना बढेको छ ।
सत्तापक्ष र विपक्षी दल सहमति नजिक पुगेपछि प्रतिनिधिसभा बैठक सञ्चालन हुने सम्भावना बढेको नेताहरूले बताएका छन । आज संसद बैठकअघि निरन्तर छलफल हुने र दिउँसो २ बजे बस्ने बैठक सहज रूपमा सञ्चालन हुने सत्ता र प्रतिपक्षी दलका नेताहरुको विश्वास छ ।
विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल सुरु हुन सकेको छैन । विपक्षी दलहरूले संवैधानिक ब्ष्वस्था अनुरुप १५ जेठमा सरकारलाई बजेट ल्याउन दिए पनि त्यसपछि प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गर्दै आएका छन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राख्दै आएका विपक्षी दलहरू अब उनीमाथि छानबिन गर्न समिति गठन गर्नुपर्ने मागमा झरेका छन ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन,पेस गर्नेछन् ।
प्रतिक्रिया