यस्तो छ वाईसीएलको ७४ जना पदाधिकारी टिम (सूचीसहित)

यस्तो छ वाईसीएलको ७४ जना पदाधिकारी टिम (सूचीसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल)ले ७४ जना पदाधिकारी चयन गरेको छ ।

तेस्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत रूपमा पुष्प ओलीको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । संगठनको उपाध्यक्षमा २२ जना निर्वाचित भएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आज सिंगो टिमलाई खुमलटार बोलाएर पदाधिकारी संख्या सोचेभन्दा केही ठूलो हुन गएको बताए ।

उनले भने, ‘पदाधिकारी संख्या मिलाउँदै जाँदा केही सोचेभन्दा ठूलो हुनगयो । संगठनलाई गतिशित र चुस्त दुरुस्त बनाउन मद्दत नै गर्छ । छलफल र बहसले नयाँ रचना गर्छ ।’