गृहमन्त्रीको राजीनामाबाट पछि हट्यो रास्वपा

गृहमन्त्रीको राजीनामाबाट पछि हट्यो रास्वपा

भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव गर्दै कांग्रेसलाई पठायाे पत्र



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेको छ ।

उसले सत्तारूढ दल नेपाली कांग्रेसलाई पत्र लेख्दै भिजिट भिसा प्रकरणको नीतिगत तथा व्यवहारिक समस्याबारे विस्तृत अध्ययनका लागि संसदीय छानबिन समिति बनाउन प्रस्ताव गरेको छ ।

पाँच बुँदामा समेटिएको प्रस्तावमा अख्तियारको अनुसन्धानलाई असर नगर्ने गरी संसदीय छानबिन गर्नुपर्ने भनिएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले पटक संसद अवरोध गर्दै आएका छन् ।

आज पनि विपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।