चौतर्फी आक्रमण भइरहेकोले प्रतिरक्षामा उत्रिन कार्यकर्तालाई पोखरेलको निर्देशन

चौतर्फी आक्रमण भइरहेकोले प्रतिरक्षामा उत्रिन कार्यकर्तालाई पोखरेलको निर्देशन



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अभियानमा हिँडेको बेलामा विरोधीहरूले प्रहार गरे भन्दैमा नआत्तिन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विरोधीहरूको प्रहारलाई सशक्त भएर सामान गर्न निर्देशन दिए ।

उनले भने, ‘विरोधीहरूले क्रान्तिकारीहरूलाई त सिधयाउनै कोसिस गर्छन् नि ! वैचारिक र भौतिक रूपले पनि आक्रमण गर्दछन् । यही चुनौतीलाई सामान गर्दै हामीले पार्टीलाई निर्णायक शक्ति बनाउन सक्छौँ । अहिले केपी ओलीमाथि प्रहार भइरहेको छ । मुख्य नेतृत्व कमजोर भएको कारणले प्रहार भयो भन्ने हामीले बुझ्यौँ भने गलत निष्कर्षमा पुग्छौँ । कार्यकर्ताको आलोचना नेतृत्वमाथि छ भने नेतृत्व सुध्रिनुपर्दछ । विरोधीको आलोचना नेतृत्वमाथि छ भने कार्यकर्ताले नेतृत्वको रक्षा गर्नुपर्छ ।’

महासचिव पोखरेलले विरोधीको आलोचना सुनेर नेतृत्वमाथि अविश्वास गर्नु गलत हुने उनले बताए । उनले पार्टी र नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेको बेलामा प्रतिरक्षामा उत्रिनु पार्टी पङ्क्तिको कर्तव्य भएको बताए ।