बाबुरामको पार्टी छोडेर माओवादीमा फर्किए सचिवालय सदस्य थापा

बाबुरामको पार्टी छोडेर माओवादीमा फर्किए सचिवालय सदस्य थापा



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) केन्द्रीय सचिवालय सदस्य किरण थापा लगायत नेताहरू पुनः नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

थापासहित कास्की अध्यक्ष राजु क्षेत्री, शम्भु खाती, लक्ष्मी खातीलगायत माओवादी प्रवेश गरेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई खादा, माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

यसअघि उनीहरू बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लाग्दै माओवादी छाडेका थिए ।

अहिले पश्चगामी शक्ति सक्रिय भइरहेको परिस्थितिमा गणतन्त्रलाई मजबुद बनाउन फेरि माओवादीमै फर्किएको थापाले प्रतिक्रिया दिए ।