मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)



काठमाडाैं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकमा २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) काे ल्हासामा आयाेजना हुने नेपाल-चीनबिचकाे सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिकाे १३ बैठककाे छलफलकाे एजेन्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयाेजक्तवमा वार्ता टाेली गठन गर्ने निर्णय गरेकाे छ ।

त्यस्तै, निर्माण व्यवसायी सम्बन्धी कानुनलाई संशाेधन र एकीकरण गर्न बनेकाे विधेयक तर्जुमाकाा लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेकाे छ ।