काठमाडौं । सर्वोच्च अदालतले आज सुनाउने भनेको ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय सुनाउने मिति सारेको छ ।
केहीबेरअघि संवैधानिक इजलासमा उपस्थित कानुन व्यवसायीहरूलाई अदालत प्रशासनले निर्णय सुनाउने मिति सरेको जानकारी गराएको हो । अब निर्णय आगामी असार १८ गते सुनाउने भएको छ ।
छलफललका लागि समय लाग्ने भएको भन्दै आज सुनाउने भनिएको निर्णय स्थगित भएको अदालत स्रोतले जानकारी दिएको छ । अर्को मिति भने तय भएको छैन ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा पदाधिकारी विरुद्धको रिटमाथि बहस भएको थियो ।
प्रतिक्रिया