काठमाडौं । निर्वाचनको प्राविधिक व्यवस्थापनका कारण अनेरास्ववियुको नेतृत्व चयनका लागि बुधबार रातिका लागि तय भएको मतदान बिहीबार बिहान मात्रै हुने भएको छ ।
यसअघि निर्वाचन समितिले बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदातको समय तोकेकोमा प्राविधिक व्यवस्थापनका कारण बिहीबार बिहानका लागि सारिएको हो ।
सुरक्षाकर्मीले राति मतदान गर्दा समस्या हुने भन्दै भोलिका लागि बिहान ८ बजेदेखि मतदान गर्ने तयारी भएको संगठनका निवर्तमान उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।
प्रतिक्रिया