प्रतिनिधिसभाकाे अवरोध हटाउनेबारे प्रचण्ड र सभामुखबीच छलफल

प्रतिनिधिसभाकाे अवरोध हटाउनेबारे प्रचण्ड र सभामुखबीच छलफल



काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

उनीहरूबीच संघीय संसद् भवनमा करिब २० मिनेट छलफल भएको हो । प्रतिनिधिसभामा जारी अवरोध हटाउनेबारे उनीहरूबीच छलफल भएको बताइएको छ ।

सभामुख घिमिरेले बजेटमाथिको छलफलको तालिाका प्रभावित भएको भन्दै सदन खुलाउन भूमिका खेल्न आग्रह गरेका छन् ।

बजेटमाथिको छलफल, निजामती विधेयक लगायत अगाडि बढाउन नेतृत्व लिन प्रचण्डलाई सभामुखले आग्रह गरेका हुन् । जवाफमा प्रचण्डले आफूले सक्दो पहल गर्ने बताएका छन् ।

सभामुखसँग भेट्नुअघि प्रचण्डले माधव कुमार नेपाल लगायत विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनाइ सदन चलाउन नदिने निर्णय गरेका छन् ।

प्रचण्डले राखेको बैठकले भिजिट भिषामार्फत मानव तस्करीको संगठित अपराध सदाका लागि निराकरण गर्न समिति बनाउनुपर्नेमा निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।