काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोलीहरूबीच ऐतिहासिक तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको घोषणा गरेको छ ।
यो सिरिज क्यानले आयोजना गर्नेछ । सिरिज सेप्टेम्बर २७, २८, र ३०, २०२५ मा संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा खेलाइनेछ ।
नेपाली टोलीले टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आइसिसी विश्वकप च्याम्पियन वेस्ट इन्डिजको पहिलो पटक सामना गर्नेछ ।
क्यानले आफ्नो विज्ञप्तिमा वेस्ट इन्डिज क्रिकेटलाई उनीहरूको बलियो प्रतिबद्धताका लागि गहिरो कृतज्ञता व्यक्त गरेको छ ।
यो सिरिजले उदाउँदा राष्ट्रहरूमा क्रिकेट विकासलाई सहयोग गर्ने, क्रिकेटविकासलाई प्रवर्द्धन गर्ने र आइसिसी पुरुष टी-२० विश्वकप छनोटअघि नेपाली टोलीलाई अन्तर्राष्ट्रिय एक्सपोजर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, एमिरेट्स क्रिकेट बोर्डलाई पनि यो ऐतिहासिक सिरिजको सहजीकरणका लागि धन्यवाद दिइएको छ ।
प्रतिक्रिया