काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरूद्ध खेल्ने नेपाली महिला टोलीको प्लेइङ-११ सार्वजनिक गरिएको छ ।
जसमा कप्तानको जिम्मेवारी रेनुका नगरकोटेलाई दिइएको छ । पछिल्ला खेलमा कप्तानी गरेकी अन्जिला तुम्बापो सुब्बा भने बेञ्चमा छिन् । नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले लाओस विरुद्ध अन्जना राना मगरलाई गोलपोष्टको जिम्मा दिएका छन् ।
रेनुका नेपालको कप्तान यसअघि पनि भइसकेकी मिडफिल्डर हुन् । उनी घाइते भएर मैदान बाहिर रहेको बेला अन्जिलाले कप्तानी पाएकी थिइन् ।
नेपाल र लाओसको महिला टोलीबीच नेपाली समयअनुसार साँझ सवा छ बजे खेल सुरु हुनेछ ।
फिफा वरीयताको आधारमा लाओस नेपालका लागि बलियो प्रतिद्वन्द्वी भने होइन ।
लाओस महिला फिफा वरीयतामा १०७औं स्थानमा छ । नेपाल भने १००औं स्थानमा रहेको छ ।
लाओसविरूद्धको नेपाली प्लेइङ-११
गोलकिपर : अन्जना रानामगर
डिफेन्डर : समिक्षा घिमिरे, गीता राना, निशा थोकर
मिडफिल्डर : रेनुका नगरकोटे (कप्तान), सरु लिम्बू, सरस्वती हमाल, सविता राना, अनिता बस्नेत
फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ
प्रतिक्रिया