काठमाडौँ । शेयर बजार लगातार चौथो दिन हरियाली भएको छ। आज नेप्से परिसूचक ३४.४२ अङ्कले उकालो लाग्दै २,६९४.८२ विन्दुमा पुगेको छ। पछिल्ला चार दिनमा सूचक झण्डै १०० अङ्कले बढिसकेको छ।
आज सबै समूहको शेयर मूल्य बढेको देखिएको छ। जीवन बीमा समूह २.८३ प्रतिशतले, निर्जीवन बीमा समूह २.५१ प्रतिशतले र विकास बैंक समूह २.३१ प्रतिशतले उकालो लागेका छन्।
यसैबीच, ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धिले लगानीकर्ताको ध्यान तानेको छ। तर, आईसीएफसी फाइनान्सको डिबेन्चर भने ३.७३ प्रतिशतले घटेको छ।
आज शेयर बजारमा कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। हिजो ७ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको थियो भने आज ३१७ वटा कम्पनीका ३ करोड १ लाख कित्ता शेयरहरू किनबेच भई कुल ९ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ।


प्रतिक्रिया