मलेसियाद्वारा नेपालसामु ९१ रनको लक्ष्य प्रस्तुत

मलेसियाद्वारा नेपालसामु ९१ रनको लक्ष्य प्रस्तुत


ग्लोब नेपाल
0
Shares

काठमाडौं । एसीसी यू-१६ इस्ट कप अन्तर्गत पहिलो सेमिफाइनलमा खेलमा मलेसियाद्वारा नेपालसामु ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भयो । फाइनल पुग्न अब नेपालले ९१ रन बनाउनुपर्नेछ ।

नेपालका लागि अभय यादवले १० ओभरमा १५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । सुभम खनालले १० ओभरमा ४ मेडन राख्दै १२ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १(१ विकेट लिए ।

समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो ।

१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ए मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै, समूह बी मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।

प्रतियोगिताको फाइनल खेल असार २१ गते हुने तालिका छ ।