काठमाण्डौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएको भन्दै यातायात व्यवस्था विभागले आजदेखि सबै सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।
विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै हाल प्रणालीमा आएको प्राविधिक समस्याका कारण ई-ड्राइभिङ लाइसेन्स (ईडीएल), अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स सेवासहित सम्पूर्ण कार्य बन्द गरिएको जनाएको हो।
सूचनामा भनिएको छ, “२०८२ साल असार २० गते शुक्रबारदेखि सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएकाले समस्या समाधान नभएसम्मका लागि सम्बन्धित सबै सेवा बन्द गरिएको जानकारी गराइन्छ।”
समस्या समाधान भएलगत्तै अर्को सूचना मार्फत जानकारी गराइने विभागले उल्लेख गरेको छ।

प्रतिक्रिया