एशियन कप छनोटकाे निर्णायक खेलमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दै

एशियन कप छनोटकाे निर्णायक खेलमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दै



काठमाडौं । एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गत निर्णायक खेलमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ । खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।

समूह ‘एफ’ मा रहेको नेपालकाे तीन खेलमा छ अङ्कसहित तालिकाको दोश्रो स्थान र समान खेलमा छ अङ्क नै बनाएको उज्वेकिस्तान शीर्ष स्थानमा छ । आज हुने समूह चरणको तेस्रो तथा अन्तिम खेलको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछ ।

पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा उज्वेकिस्तान ५१औं स्थानमा छ ।

दुवै टोलीले गोल नखाइकन समान १७ गोल गरेका छन् । यदि आजको खेलमा अङ्क र गोल अन्तर पनि बराबर भएमा एएफसी महिला एशियन कप प्रतियोगिताको नियमावली अनुसार सिधै पेनाल्टी सुटआउट हुनेछ ।