टेक्ससमा आएको बाढीमा मृत्यु हुनेको संख्या ४६ पुग्यो, २० जना अझै बेपत्ता

टेक्ससमा आएको बाढीमा मृत्यु हुनेको संख्या ४६ पुग्यो, २० जना अझै बेपत्ता



काठमाडौं । अमेरिकाको टेक्सस शहरमा भीषण वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

शुक्रबार भीषण वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४६ पुगेको र २० जना किशोरी अझै बेपत्ता रहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ ।

मृत्यु हुनेमा १८ जना किशोरी र बालिका तथा २८ जना बयस्कहरू छन् । बेपत्ता भएका किशोरीहरू ग्रीष्मकालीन शिविरका लागि क्याम्प मिस्टिकमा थिए ।

क्याम्प मिस्टिक टेक्ससको सबैभन्दा पुराना र प्रतिष्ठित बालिका शिविरहरूमध्ये एक हो । यस साता क्याम्प मिस्टिकमा झन्डै ७०० किशोरीहरू सहभागी थिए ।

क्याम्प मिस्टिक टेक्सासको केर काउन्टीको ग्वाडलुप नदी किनारमा छ । शुक्रबार नदीको बहाब बढेर बाढी आउँदा त्यहाँ धेरै किशोरीहरूलाई बगाएको अनुमान गरिएको छ ।

केहीलाई उद्धार गरिए पनि बेपत्ता रहेका २० जना किशोरीहरुको खोजी कार्य व्यापक बनाइएको छ ।

बाढीले धेरै घरहरू, प्रमुख सडक र पुलहरूमा पनि क्षति पुर्‍याएको छ ।