काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिपछि शेयर बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ।
आइतबार नेप्से सूचक २९ अंकले बढेर २७६०.८० विन्दुमा पुगेको छ। बजार खुल्नेबित्तिकै नेप्से करिब २८०० विन्दु नजिक पुगेको थियो।
बैंकिङ र माइक्रोफाइनान्स समूहको प्रदर्शन सबभन्दा राम्रो रह्यो। बैंकिङ समूहको सूचक ३.३७ प्रतिशतले र माइक्रोफाइनान्सको सूचक ३.५० प्रतिशतले उकालो लाग्यो।
एनआईसी एशिया बैंक र खानीखोला हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने, उल्टो रूपमा हिमालयन हाइड्रोपावरको शेयर झन्डै १० प्रतिशतले घटेको छ।
आज कुल ३११ कम्पनीका ३ करोड २५ लाख कित्ता शेयर किनबेच भएका छन्। कारोबार रकम ११ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो बिहीबारको ९ अर्ब ६८ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यक्तिगत शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याएको थियो, जसको असर बजारमा प्रत्यक्ष देखिएको छ।


प्रतिक्रिया