काठमाडौं । आर्थिक २०८१/८२ को अन्तिम दिन सेयर बजार उत्साहजनक वृद्धि भएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ को विन्दुमा पुगेर बन्द भएको छ । योसँगै बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब ६९ लाख रुपैयाँ कायम भएको छ ।
आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भई १४ अर्ब रुपैयाँ नाघेको छ । वर्षान्तको ह्याङओभर सकिएको, उत्साहजनक मौद्रिक नीति र बैंक तथा वित्तीय संस्थाको घट्दो ब्याजदरका कारण बजार परिसूचक बढेको हो ।
आज बजारमा कारोबारमा आएका कुल २४८ कम्पनीमध्ये १९३ वटाको सेयर मूल्य बढेको छ भने ५५ वटाको मूल्य घटेको छ ।
आज दिनभरिमा कुल १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँ बराबरका सेयर खरिदबिक्री भएका छन् । कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनी सबैभन्दा अगाडि रह्यो। सो कम्पनीको ६१ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । त्यसैगरी, राधी जलविद्युत कम्पनीको ५६ करोड ६९ लाख र शिवम् सिमेन्टको ३९ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
समग्र बजार र कारोबार बढ्दै गर्दा आज सबैभन्दा धेरै वृद्धि विकास बैंक समूहमा भएको छ । उक्त समूहमा ३.८६ प्रतिशतको वृद्धि भएको हो । ट्रेडिङ समूह भने आज सामान्य अंकले घटेको छ ।


प्रतिक्रिया