‘सभापति बन्न न्यायमै पैसाको प्रभाव पार्नेले सत्तामा पुगेर के गर्ला ?’

‘सभापति बन्न न्यायमै पैसाको प्रभाव पार्नेले सत्तामा पुगेर के गर्ला ?’


ग्लोब नेपाल
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले कांग्रेस सभापति गगनकुमार थापालाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले न्यायिक प्रक्रियामा पैसाको प्रभाव पार्न खोजिएको भन्ने चर्चामाथि प्रश्न उठाएका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै सिंहले सभापति बन्नकै लागि न्यायिक प्रक्रियामा आर्थिक प्रभाव पार्न खोज्ने व्यक्ति सत्तामा पुगेपछि के गर्ला भन्ने प्रश्न गरेका हुन् । ‘आफू सभापति बन्नकै लागि न्याय र न्यायिक प्रक्रियामाथि पैसाको प्रभाव पार्न खोज्ने व्यक्ति सत्तामा पुगेपछि के गर्ला ?’ उनले लेखेका छन् ।

उनले ‘२.०’ को आवरणले मात्रै कसैलाई इमानदार साबित गर्न नसक्ने टिप्पणी गर्दै सार्वजनिक भएका समाचारको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।

सिंहले समाचारमा आएका विवरण सत्य भए दोषीमाथि कारबाही र असत्य भए प्रमाणसहित खण्डन गर्नुपर्ने बताएका छन् । ‘अब जनतालाई भाषण होइन, हिसाब चाहिएको छ’, उनले लेखेका छन् ।