काठमाडौँ । आर्थिक वर्ष ०८२/८३ को सुरुवातमै नेप्से परिसूचक आज एकैदिन ७५.८४ अंकले वृद्धि भई २,८७०.६२ विन्दुमा पुगेर बन्द भएको छ। यो वृद्धि २.७१ प्रतिशतको हो र पछिल्लो पाँच महिनामा पहिलोपटक नेप्से यति उच्च विन्दुमा पुगेको हो।
यसअघि फागुन २० गते नेप्से २,८४६ विन्दुमा पुगेर बन्द भएको थियो।
बजारमा १६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबार रकम पनि पछिल्ला पाँच महिनामै सबैभन्दा धेरै हो।
आज २३९ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ भने ९ कम्पनीको सेयरमूल्य घटेको छ। ५ कम्पनीमा सकारात्मक सर्किट लागेको छ, जसमा ट्रेड टावर, शुभम पावर, थ्री स्टार हाइड्रो, इस्टन हाइड्रोपावर र बाराही हाइड्रोपावर समावेश छन्।
बजारमा सूचीकृत सबै १३ वटै उपसमूहको परिसूचक बढेको छ। तीमध्ये ‘अन्य’ समूहको परिसूचक ५.०९ प्रतिशतले बढेर सबैभन्दा बढी वृद्धिदर देखिएको छ।


प्रतिक्रिया