काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई पदमुक्त गरेका हुन्।
यसअघि उपाध्यक्ष गिरिसहित चार पदाधिकारीले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साझा विज्ञप्ति सार्वजनिक गरेका थिए। विज्ञप्तिमा अनुशासन समिति संयोजक नवराज सुवेदीलाई सहमतिविपरीत हटाएको भन्दै अध्यक्ष लिङ्देनको आलोचना गरिएको थियो। उनीहरूले अध्यक्षको कार्यशैलीले पार्टीलाई क्षति पुर्याएको निष्कर्ष निकालेका थिए।



प्रतिक्रिया