साफ यू-२० महिला च्याम्पियनसिपमा भुटानसँग खेल्दै नेपाल

साफ यू-२० महिला च्याम्पियनसिपमा भुटानसँग खेल्दै नेपाल



काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजेदेखि सुरू हुनेछ ।

जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो ।

आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ ।

‍नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ । दुवै खेलमा नेपाल ७-० गोलले विजयी भएको थियो । आयोजक बंगलादेशसँग पहिलो खेलमा ३-२ गोलले हारेको थियो ।

नेपालले आजको खेलपछि सोमबार बंगलादेशसँग खेल्नेछ ।

नेपालले ४ खेलबाट ९ अंक बटुलेको छ । ३ खेलबाट घरेलु बंगलादेशको ९ अंक छ । लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।