शेयर बजारमा २१ अर्ब ४६ करोड रुपैयाँको ठूलो कारोबार

शेयर बजारमा २१ अर्ब ४६ करोड रुपैयाँको ठूलो कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २१ अर्ब ४६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। सो दिन नेप्से परिसूचकमा ०.३२ अंकको थोरै वृद्धि हुँदै २,८७०.९५ विन्दुमा पुगेको छ।

आइतबारको कारोबारमा १०५ कम्पनीको शेयरमूल्यमा वृद्धि देखिएको छ भने १४४ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ। यस दिन उन्नति सहकारी लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जी लिमिटेडका शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, ट्रेड टावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयरमूल्य पनि करिब ९ प्रतिशतले वृद्धि भएको छ।