काठमाडौं । नेप्से सूचक लगातार छैटौं दिन बढ्दै आज ८०.९७ अंकले उकालो लागेर २९७३.७० विन्दुमा पुगेको छ। यो भदौ ६ यताकै उच्च विन्दु हो।
सबै समूहको शेयर बढ्दा उत्पादन समूह ४.६३% र जीवन बीमा समूह ४.३६% ले उकालो लागे। ट्रेड टावर, शिवम् सिमेन्ट्स र सान्भी इनर्जीका शेयर १०% ले उकालो लागे।
हिजोको १६.३२ अर्बको तुलनामा आज ३१९ कम्पनीका ४ करोड ३५ लाख कित्ता शेयर २०.०८ अर्ब रुपैयाँमा किनबेच भए। लुम्बिनी विकास बैंकको डिबेन्चर भने ४% ले घट्यो।
बजार पूँजीकरण ४९ खर्ब ६२ अर्ब १२ करोड पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।


प्रतिक्रिया