रुसको सुदूर पूर्वी क्षेत्रमा यात्रुवाहक विमान दुर्घटना, ४९ जनाको मृत्यु

रुसको सुदूर पूर्वी क्षेत्रमा यात्रुवाहक विमान दुर्घटना, ४९ जनाको मृत्यु



मस्को । रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा ४९ जना सवार यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार, सबै यात्रुको मृत्यु भएको छ।

‘अंगारा’ एयरलाइनको एन–२४ विमान टिन्डा सहरमा अवतरण गर्न लाग्दा राडारबाट सम्पर्कविहीन बनेको थियो। पछि उद्धार टोलीले विमानको जलिरहेको भग्नावशेष फेला पारेको हो।

दुर्घटनाको संभावित कारण खराब मौसम र कम दृश्यताको बीच चालक दलबाट भएको त्रुटि हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

विमानमा ५ बालबालिकासहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। रुसका दुर्गम क्षेत्रमा हवाई यात्रा अझै पनि जोखिमपूर्ण मानिन्छ।