काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका १२ लाख ४८ हजार ९०४ कित्ता सेयर निष्कासन गरेको हो।
आईपीओको आवेदन साउन २६ गतेदेखि सुरु भई छिटोमा साउन २९ गतेसम्म दिन सकिनेछ। मागअनुसार आवेदन नपरेमा अवधि भदौ ९ गतेसम्म लम्बिन सक्नेछ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।


प्रतिक्रिया