काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ ।
क्यानले सामाजिक सञ्जालमार्फत् एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ अर्थात मंसिर १ देखि मंसिर २७ सम्म हुने जानकारी दिएको हो ।
उक्त संस्करणका लागि मिनि अक्सन सकिएको छ । हाल टीमहरू विदेशी खेलाडी भित्र्याउने क्रममा छन् ।
एनपीएलको पहिलो संस्करण ०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म चलेको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको प्रतियोगितामा जनकपुर बोल्ट्स उपाधि जितेको थियो ।


प्रतिक्रिया