अनिल साहकाे कप्तानीमा नेपाल ए टोलीको घोषणा

अनिल साहकाे कप्तानीमा नेपाल ए टोलीको घोषणा

आसामसँग नेपाल ‘ए’ ले टी-२० सिरिज खेल्ने



काठमाडौं । अनिल साहकाे कप्तानीमा नेपाल ए राष्ट्रिय टोलीको घोषणा गरिएकाे छ । राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अनिललाई नेपाल ए को कप्तान चयन गरिएको हो ।

भारतको गुवाहाटीमा भदौ १० देखि १८ (अगस्ट २६–सेप्टेम्बर ३) सम्म नेपाल ए र आसाम स्टेट टिमबीच पाँच खेलको टी–२० सिरिजका लागि नेपाल ए राष्ट्रिय टोलीको घोषणा गरिएको हाे ।

यसपटकको टोलीमा १६ खेलाडी समावेश गरिएको छ । टोलीमा अर्जुन घर्ती, सुभ कन्साकर, तृत राज दास, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेक कुमार यादव, पवन सराफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरि, मोहम्मद आदील आलम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाल रहेका छन् ।