काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमको अध्यक्षमा डिमप्रसाद पौडेल चयन भएका छन् । सञ्चालक समितिको आज बसेको बैठकले पौडेल अध्यक्ष चयन गरेको हो ।
पौडेललाई सञ्चालक समितिको अध्यक्ष बन्ने गरी अर्थ मन्त्रालयले सञ्चालक सदस्यमा नियुक्त गरेको थियो ।
नेपाल वायुसेवा निगममा महाप्रबन्धक भइसकेका पौडेलले निजी क्षेत्रका विभिन्न कम्पनीको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । पौडेललाई सोही विज्ञताका आधारमा सञ्चालक समितिमा पठाएको मन्त्रालयले उल्लेख गरेको थियो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनको २५ वर्षभन्दा लामो व्यवसायिक अनुभवको आधारमा सञ्चालक समितिमा लैजाने निर्णय लिएका हुन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले पौडेललाई निगमको महाप्रबन्धकमा नियुक्त गरेका थिए । पौडेलले महाप्रबन्धक हुँदा निगमलाई कम्पनी मोडेलमा लैजाने प्रयास गरेका थिए ।
निगमको सञ्चालक समिति सदस्य फुर गेल्जे शेर्पाको नेतृत्वमा कार्यदल पनि बनाएका थिए । त्यही कार्यदलको प्रतिवेदनअनुसार कम्पनी मोडेलमा लैजान खोजिएको थियो । तर, निगमका कर्मचारीको विरोधका कारण उक्त प्रक्रिया अझै अघि बढेको छैन ।
बुधवार नै नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेको लागि तयारी भइरहेको छ ।
पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको २५ वर्षभन्दा लामो व्यावसायिक अनुभव छ ।


प्रतिक्रिया