काठमाडौं। बुधबार शेयर बजार उल्लेखनीय बढेको छ। नेप्से परिसूचक ५३.०१ अंकले उकालो लाग्दै २८१९ विन्दुमा पुगेको छ।
कारोबार रकम अघिल्लो दिनको ४ अर्ब १८ करोडबाट बढेर आज ७ अर्ब ६८ करोड पुगेको छ।
आज २३२ कम्पनीका शेयर बढे भने १९ घटे। सबै उपसमूह हरियो देखिए, जसमा विकास बैंक समूह ३.४० प्रतिशतले बढी उकालो लाग्यो।
सबैभन्दा बढी बढ्नेमा विकास हाइड्रोपावर (१०%) रह्यो। अन्य उल्लेखनीय बढ्ने कम्पनीहरूमा समता घरेलु लघुवित्त, ग्रिन भेन्चर्स र लुम्बिनी विकास बैंक परे।
घट्ने कम्पनीतर्फ नेपाल रिपब्लिक मिडिया ४.२९% ले सबैभन्दा धेरै ओरालो लाग्यो।
कारोबार रकमका हिसाबले हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी र नेपाल रिपब्लिक मिडिया अग्रस्थानमा रहे।


प्रतिक्रिया