काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने दाबी गरेका छन्।
प्रचण्डले भने, “चुरो कुरा नढाँटीकन भन्दा माओवादीलाई जनताले विश्वास गरेन भने यो देश दुर्घटनामा पर्छ भन्ने मलाई लाग्छ। बँच्दैन, बच्दैन। धेरै ठूलो अप्ठेरोमा जान्छ।”
उनले नेपाली काँग्रेस र नेकपा एमाले भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै वर्तमान सरकार डरबाट बनेको दाबी पनि गरे।
प्रचण्डले थप भने, “माओवादीको पहिलो सरकार, दोस्रो सरकार, तेस्रो सरकार हुँदा राम्रो बाहेक कुनै नराम्रो काम गरेकै छैन भन्नेकुरा बिर्सिएर काँग्रेस र एमाले जो भ्रष्टाचारमा लिप्त छन्, भ्रष्टाचारीलाई बचाउनै बनाएका हुन् त्यो सरकार। मैले त खुलेआम भनेको छु नि। सदनमै भनेको छु। यो सरकार डरबाट बनेको हो।
“अब आफू पनि पर्ने बेला आउनै लाग्यो भन्ने लागेपछि त्यसो भएर बनेको सरकार हो यो। यो सुशासन दिन बनेको सरकार हो र अनि यसले सुशासनको आशा गर्नु। ” उनले थपे


प्रतिक्रिया