धादिङको थाक्रेमा लेदोसहितको पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको थाक्रेमा लेदोसहितको पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध



काठमाडौं । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लाेमा लेदोसहितको पहिरो खसेको छ ।

बुधवार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा रोकिएका छन् ।

जेसीबीको सहयोगमा लेदो पन्छाउने काम भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले जनाएकाे छ ।