स्वस्तिक लघुवित्तको आईपीओ नतिजा सार्वजनिक : ९९% ले पाएनन् सेयर

स्वस्तिक लघुवित्तको आईपीओ नतिजा सार्वजनिक : ९९% ले पाएनन् सेयर



काठमाडौं। स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँटमा आवेदन दिएका २४ लाखभन्दा बढीमध्ये जम्मा ०.८% ले मात्र सेयर पाए, बाँकी ९९% भन्दा बढी आवेदक हात खाली फर्किएका छन्।

साउन ३० गते सर्वसाधारणका लागि खुलेको आईपीओमा कुल २४ लाख ४० हजार ४६० आवेदन पर्न पुगेका थिए। जसमा २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भए। तर स्वीकृत आवेदनमध्ये जम्मा १९ हजार ५१९ जनाले मात्र सेयर पाएका छन्। सेयर पाउनेमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले पाएका छन्।

यो अर्थ ०.८० प्रतिशतले मात्र सेयर पाएका हुन् भने ९९.२० प्रतिशत आवेदन असफल भएका छन्। आईपीओको नतिजा अनलाइन प्रणाली https://iporesult.cdsc.com.np/ मा हेर्न सकिन्छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १९१.४० रुपैयाँ र प्रतिसेयर आम्दानी ७.३३ रुपैयाँ छ। वर्तमानमा कम्पनी ३ करोड १६ लाख रुपैयाँ सञ्चित नाफामा रहेको छ। सिरहाको लाहानमा मुख्य कार्यालय रहेको यो लघुवित्त प्रादेशिक स्तरको हो र इक्रा नेपालबाट बी रेटिङ प्राप्त छ।