काठमाडौं । विद्यालय शिक्षा विधेयकको संशोधन माग गर्दै निजी विद्यालय सञ्चालक संगठनहरूले १८ भदौदेखि देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।
प्याब्सन, एनप्याब्सन, हिसान र अपेनसहितका छाता संगठनहरूले संयुक्तरूपमा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। उनीहरूले विधेयकमा समावेश ‘गैरनाफामूलक’ र ‘पूर्ण छात्रवृत्ति’सम्बन्धी प्रावधान हटाउनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन थालेका हुन्।
पहिलो चरणको कार्यक्रम सकिएसँगै दोस्रो चरण सुरु भइसकेको र १८ भदौसम्म माग सम्बोधन नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने निर्णय गरिएको संगठनहरूले जनाएका छन्।



प्रतिक्रिया