नेपालमा कोरियन कम्पनीले हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने

नेपालमा कोरियन कम्पनीले हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने



काठमाडौं । नेपालमा कोरियन कम्पनीले हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने भएको छ । यसका लागि नेपालको लगानी बोर्ड र दक्षिण कोरियाको जी–फाइलोस को–अपरेटिभ लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आज काठमाण्डाैमा आयोजित कार्यक्रममा दुई पक्षबीच विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी गर्न सहमति भएको हो । यो परियोजना सफल भएमा नेपालमा पहिलो पटक हरित हाइड्रोजन उत्पादन र फ्युल सेल प्रविधि भित्रिन सक्नेछ ।

हरित हाइड्रोजनलाई भविष्यको शुद्ध ऊर्जा स्रोत मानिँदै आएको छ । यस परियोजनाले नेपालमा वातावरणमैत्री उद्योग विस्तार, रोजगार सिर्जना र दिगो ऊर्जा सुरक्षामा योगदान पुर्‍याउने विश्वास छ ।

लगानी बोर्डका अनुसार फिलोसले ७ अर्ब रुपैयाँभन्दा धेरै लगानीको प्रस्ताव गरेको छ । कम्पनीले २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन शुरू गर्नेछ ।

कम्पनीले कहाँ प्लान्ट बनाउने यकिन भइसकेको छैन । ग्रीन हाइड्रोजन प्लान्ट स्थापनाका लागि आएको यो पहिलो विदेशी लगानीसम्बन्धी प्रस्ताव हो ।