बागमती सरकारको प्रवक्तामा मन्त्री तामाङ नियुक्त

बागमती सरकारको प्रवक्तामा मन्त्री तामाङ नियुक्त



काठमाडौं । बागमती प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री तामाङलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

यसअघि सरकारे पूर्णता नपाएकाले सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलाई तोकिएको थियो ।

बैठकले जिल्ला समन्वय समिति सहयोग कार्यक्रमको बजेट अख्तियारी दिने निर्णय पनि गरेको छ ।