काठमाडौं । शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएका छन् ।
आन्दोलनको पहिलो चरणअन्तर्गत बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म २ घण्टा धर्ना बसिरहेका शिक्षकहरूले माओवादी केन्द्रका नेताहरूलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।
महासङ्घले यसअघि कांग्रेस र एमालेकाे पार्टी कार्यालयमा पनि धर्ना दिएकाे थियाे ।
महासङ्घले आगामी दिनमा पनि विभिन्न राजनीतिक दलका कार्यालयहरूमा चरणबद्ध कार्यक्रम गर्ने जनाएको छ ।
विद्यालय शिक्षा विधेयकमा आफूहरूका सबै मागहरू समेट्नुपर्ने महासंघको माग छ ।
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको विद्यालय शिक्षा विधेयक सहमति अनुसार नभएको महासंघको ठहर छ ।


प्रतिक्रिया