काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा. अरनिको पाँडेविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको छ ।
पाँडेले बेलायत बस्ने एक युवतीलाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले आजै दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पाँडेको बयान सुरु भएको छ ।
बयान सकिएपछि थुनछेक बहस हुनेछ ।


प्रतिक्रिया