रास्वपा नेता डा. अरनिको पाँडे धरौटीमा रिहा

रास्वपा नेता डा. अरनिको पाँडे धरौटीमा रिहा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अरनिको पाँडे धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे ।

पाँडेले सामाजिक सञ्जालमार्फत एक महिलामाथि गालीगलौज गरेको आरोपमा बुधबार प्रहरीद्वारा पक्राउ परेका थिए । सो मुद्दामा अनुसन्धानका लागि अदालतले सुरुवातमा चार दिनको म्याद थप गरेको थियो ।

पर्यावरणविद् समेत रहेका पाँडे २०७९ भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए ।