काठमाडौं । नेपाल शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएको छ ।
पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
विद्यालय शिक्षक विधेयकका विभिन्न प्रावधानहरू संशोधनको माग राखेर शिक्षक महासंघ आन्दोलित छ । दलका पार्टी कार्यालयहरूमा दिनको ‘दुई घण्टा धर्ना अभियान’मा रहेको महासंघ आज एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेको हो ।
महासंघले यसअघि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएको थियो ।


प्रतिक्रिया