हप्ताको पहिलो दिन उच्च अंकले घट्याे शेयर बजार

हप्ताको पहिलो दिन उच्च अंकले घट्याे शेयर बजार



काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव १७ अंकले घटेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार नेप्से ३८ अंकले ओरालो लागेको थियो । २ काराेबार दिनमा नेप्से झन्डै ७० अंकले घटेकाे छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर १ दशमलव ५९ प्रतिशतले ओरालो लागेको छ । आज २ सय २८ वटा कम्पनीको शेयर घट्दा २१ वटाको बढेको छ भने एउटाको घटबढ भएन ।

आज ग्लोबल आईएमई समुन्नत योजना–२ को शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अंकले घटेको दिन उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर भने ६ दशमलव ७७ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ८ अर्ब ९ करोडको कारोबार भएकोमा ३ सय २१ वटा कम्पनीका १ करोड ४८ लाख कित्ता शेयर ६ अर्ब ६ करोड रुपैयाँमा किनबेच भएको छ ।