प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबिच भेट

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबिच भेट



थियानचिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबिच दुई पक्षीय भेटवार्ता भएको छ ।

साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबिच भेटवार्ता भएको हो ।

उनीहरूबिच जलवायु परिवर्तनबाट परेको असर र त्यसमा ठुला मुलुकले निर्वाह गर्नुपर्ने दायित्वका विषयमा समान मत रहेको थियो ।

प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा मिलेर काम गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा प्रतिनिधिमण्डलमा सहभागी उच्चपदस्थ पदाधिकारीको सहभागिता थियो ।