पुटिन र किमसँग मिलेर सीले अमेरिकामाथि षड्यन्त्र गर्दै छन् : ट्रम्प

पुटिन र किमसँग मिलेर सीले अमेरिकामाथि षड्यन्त्र गर्दै छन् : ट्रम्प



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र उत्तर कोरियाका नेताहरूसँग मिलेर चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

ट्रम्पको भनाइ चीनको सबैभन्दा ठूलो विजय दिवस परेडको बेला आएको हो । बेइजिङमा भएको परेडमा विश्वका धेरै नेताहरू सहभागी थिए । जसलाई चीनको सैन्य शक्तिको प्रदर्शन मानिएको छ ।

“तपाईंहरू अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेकाले भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो न्यानो अभिवादन दिनुहोस्,” ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा भनेका छन् ।

यसअघि, ट्रम्पले चीन, रुस र अन्य राष्ट्रबीचको बढ्दो सम्बन्धले विश्वमा अमेरिकालाई कुनै चुनौती नदिने बताएका थिए

सामाजिक सञ्जालमा उनले दोस्रो विश्वयुद्धको बेला अमेरिकाले चीनलाई दिएको ‘ठूलो सहयोग र रगत’को पनि उल्लेख गरेका छन् ।

चीनको परेड जापानले आत्मसमर्पण गरेको र चीनले कब्जाबाट विजय हासिल गरेको ८० वर्ष पुगेको अवसरमा आयोजना गरिएको हो ।

ट्रम्पले भने, “चीनको विजय र गौरवका लागि धेरै अमेरिकीहरू मरेका थिए । मलाई उनीहरूको बहादुरी र बलिदानको लागि उनीहरूलाई उचित सम्मान र सम्झना गरिनेछ भन्ने आशा छ ।”

परेडमा किम र पुटिनसहित २६ राष्ट्रप्रमुख सहभागी थिए । जसलाई केही पर्यवेक्षकहरूले पश्चिमी राष्ट्रहरूलाई दिइएको सन्देशका रूपमा हेरेका छन् ।