चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश प्रस्थान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनपङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिई स्वेदशका लागि प्रस्थान गरेका छन् ।

ओली स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ विमानस्थलबाट प्रस्थान गरेका हुन् भने आज राति करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

भदौ १४ गते २३ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गरेका ओलीले भ्रमणका क्रममा राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका थिए। साथै, उनले एससीओ शिखर सम्मेलनलाई सम्बोधन पनि गरेका थिए।

सम्मेलनको क्रममा ओलीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री, लाओसका प्रधानमन्त्री र भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

नेपाल सन् २०१६ देखि एससीओको संवाद साझेदारको हैसियतमा सहभागी हुँदै आएको छ।