प्रहरी महानिरीक्षक दीपक थापाकाे बिदाइ

प्रहरी महानिरीक्षक दीपक थापाकाे बिदाइ



काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा बिदाइ भएका छन् । प्रहरीको ३० वर्षे सेवा अवधि पूरा गरी आजदेखि अवकाश पाएका थापालाई गृहमन्त्री रमेश लेखकले आजै बिदाइ गरे ।

आइजीपी थापासँगै एआईजीहरू टेकबहादुर तामाङ र सुदीप गिरीले पनि अवकाश पाएका छन् । आईजीपी थापासहित एआईजीद्वय गिरी र तामाङलाई नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममार्फत बिदाइ गरे ।

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले भोलिदेखि प्रहरीको ३२औं आईजीपीका रूपमा कमान्ड सम्हाल्नेछन् ।