काठमाडौं । सरकारले फेसबुक, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने भएकाे छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुक, इन्स्टाग्राम, ट्वीटर, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा निष्क्रिय गर्न सरकारको निर्देशन अनुसार इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र पठाइसकेकाे छ ।
सोही पत्रबमोजिम सेवा प्रदायकले निम्न २६ प्लेटफर्म बन्दै गर्दैछन् ।
सञ्चार मन्त्रालयले आजै सूचीकरणका लागि नआएका सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हाे ।
बन्द हुने सामाजिक सञ्जालहरुकाे सूची :
१. फेसबुक
२. फेसबुक मेसेंजर
३. इन्स्टाग्राम
४. युट्युब
५. व्हाट्सएप
६. ट्विटर (एक्स)
७. लिंक्डइन
८. स्न्यापच्याट
९. रेडिट
१०. डिस्कोर्ड
११. पिनटेरेस्ट
१२. सिग्नल
१३. थ्रेड्स
१४. वीच्याट
१५. क्वोरा
१६. टम्ब्लर
१७. क्लबहाउस
१८. मास्टोडन
१९. रम्बल
२०. मी–वी
२१. भी–के (VK)
२२. लाइन
२३. आइएमओ (IMO)
२४. जालो
२५. सोल
२६. हाम्रो पात्रो


प्रतिक्रिया