काठमाडौं । नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार दर्ता प्रक्रिया पूरा नगरेका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ ।
प्राधिकरणको मिति २०८२ भदौ १९ गतेको पत्र, सम्मानित सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकको निर्णयका आधारमा यस्तो कदम उठाइएको हो ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन २०८० सालमा जारी ‘सामाजिक सञ्जाल प्रयोग निर्देशिका’ बमोजिम सूचीकरण नगरेका प्लेटफर्मलाई निष्क्रिय गराउन निर्देशन दिइएको थियो । सोहीअनुसार हाल ती प्लेटफर्महरू नेपालमा प्रयोग गर्न नसकिने भएका छन् ।
नेपाल टेलिकमले उक्त प्लेटफर्महरूको पुनः सञ्चालनसम्बन्धी निर्णय आगामी दिनमा नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त हुने निर्देशनअनुसार हुने जनाएको छ ।



प्रतिक्रिया