काठमाडौँ । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि आयोजना हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन्।
बालेनले भनेका छन्, उमेरको सीमा भएकाले आफू उक्त र्यालीमा प्रत्यक्ष सहभागी हुन नपाए पनि त्यसको उद्देश्य बुझ्न जरुरी छ। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “भोलीको र्याली स्पष्ट स्वस्फूर्तरुपमा Zen G को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसकालागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ,”
उनले थप भने, “भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।”
त्यस्तै, उनले अर्को प्रश्न पनि उठाएका छन् : “प्रिय Zen G भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?”


प्रतिक्रिया