राष्ट्रपति कार्यालय र सिंहदरबार क्षेत्रमा पनि लगाइयो कर्फ्यु

राष्ट्रपति कार्यालय र सिंहदरबार क्षेत्रमा पनि लगाइयो कर्फ्यु



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवासक्षेत्र र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

यसअघि बानेश्वर क्षेत्रमा जारी गरेको कर्फ्युको दायरा बढाइएको हो ।

राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, नारायणहिटी र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।